प्रधानमन्त्री कप क्रिकेट : आज चार खेल हुँदै


३० पुष २०७८, शुक्रबार
271660443 295208909302163 7667084438404341850 n1641884834

काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेटमा आज (शुक्रबार) चार खेल हुँदैछन् । यीमध्ये दुई खेल त्रिवि क्रिकेट मैदान र दुई खेल मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।

पहिलो खेलमा त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिसले खेलेको दुवै खेलमा जित हात पार्दै ४ अंक जोडेको छ भने कर्णालीले तीनमध्ये एक खेलमा मात्र जित हात पार्दै २ अंक जोडेको छ ।

मूलपानीमा क्रिकेट मैदानमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । आर्मीले ३ खेलबाट १ जित, १ हार र १ खेल अनिर्णित भएपछि ३ अंक हात पारेको छ भने सुदूरपश्चिमले २ मध्ये १ खेलमा जित हात पार्दै २ अंक जोडेको छ ।

त्यस्तै त्रिवि मैदानमा हुने दोस्रो खेलमा प्रदेश २ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । बागमतीले २ मध्ये १ मा जित निकाल्दै २ अंक जोडेको छ । प्रदेश २ ले भने ३ खेलबाट २ अंक हात पारेको छ । मूलपानीमा हुने दोस्रो खेलमा एपीएफ र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । एपीएफले ३ खेलमा अपराजित रहँदै ६ अंक जोडेको छ भने लुम्बिनीले २ खेलबाट २ अंक जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७