रुबी भ्याली पहिरो : डोजरसहित पुरिएका तीन जना अझै भेटिएनन्


३० पुष २०७८, शुक्रबार
dhading pahiro2022 01 14 07 54 16

धादिङ । धादिङको रुबी भ्याली गाउँपालिका-१ स्थित लिङ्जोपुरदेखि तिप्लिङ जाने बाटो खन्ने क्रममा गएको सुक्खा पहिरोमा पुरिएकाको खोजी कार्य रोकिएको छ । खोज्दा खोज्दै साँझ परेको र निकै चिसो बढेकाले सशस्त्र प्रहरीसहितको उद्धार टोली हिजो (बिहीबार) फर्किएको छ ।

पुरिएकाको शुक्रबार बिहानैदेखि खोजी कार्य गरिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी राकेश सिंहले जानकारी दिए । उनका अनुसार बिहीबार बिहान ८ बजे एक्स्काभेटरले बाटो खन्ने क्रममा सुक्खा पहिरो खसेको थियो । ठूल्ठूला ढुंगासहितको पहिरो खसिरहेकाले प्रहरीले दिउँसो २ दुई बजेपछि मात्रै खोजीकार्य जारी गरेको थियो । तर, ठूलो पहिरोमा पुरिएका तीन जना भेटिएका छैनन् ।

सुक्खा पहिरो खस्दा एक्स्काभेटर अपरेटर काभ्रेपलाञ्चोक घर भएका आकाश तामाङ, सहचालक राजु तामाङ, रुबीभ्याली गाउँपालिका- १ का अनुश तामाङ गरी तीन जना पुरिएका छन् । ढुंगामाटो खस्ने क्रम रोकिएपछि प्रहरीले दिउँसोदेखि खोजीकार्य शुरु गरेको थियो । पहिरोमा बिहीबार बिहान ८ बजे बा २ क ४८२१ नम्बरको एक्स्काभेटर पनि पुरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७