काइली बनिन् इन्स्टाग्राममा ३० करोड फलोअर्स पुग्ने विश्वकै पहिलो महिला


३० पुष २०७८, शुक्रबार
ky1642091650

हलिउड । अमेरिकन मोडल, मिडिया पर्सनालिटी तथा उद्यमी काइली जेनरले सामाजिक सञ्जालमा नयाँ रेकर्ड बनाएकी छन् । चौबिस वर्षीया काइलीलाई इन्स्टग्राममा ३० करोडले पछ्याएका छन् । योसँगै उनी ३० करोड फलोअर्स भएको विश्वकै पहिलो महिला बनेकी छन् ।

केही महिनादेखि सामाजिक सञ्जालमा लो-प्रोफाइल रहँदारहँदै पनि उनले यो स्थान बनाएकी हुन् । काइलीले पप स्टार एरियाना ग्रान्डेलाई उछिनेर नयाँ रेकर्ड बनाएकी हुन् । यसका साथै काइली इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स भएका दोस्रो प्रयोगकर्ता बनेकी छन् । यो सूचीको पहिलो स्थानमा फुटबलर क्रिस्टियानो रोनाल्डो पर्दछन् । रोनाल्डोलाई इन्स्टाग्राममा ३८.८ करोड (३८८ मिलियन) ले फलो गरेका छन् ।

ट्राभिस स्कटबाट दोस्रो सन्तान जन्माउने तयारीमा रहेकी काइलीले, स्कटको हस्टनमा आयोजना भएको कन्सर्टमा आएका १० जनाको निधनको खबरपछि इन्स्टाग्राम प्रयोग गर्न छोडेकी हुन् । काइलीले यसअघि इन्स्टाग्राममा सबैभन्दा धेरै लाइक पाएको रेकर्ड बनाएकी थिइन् । सबैभन्दा बढी लाइक पाएको फोटो थियो काइलीकी छोरी स्टर्मीको । बलिउड हंगामाबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७