आइसोलेसन रहेका ‘प्रचण्ड’ को कस्तो छ स्वास्थ्य ?


३० पुष २०७८, शुक्रबार
prachanda 1 1

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना भाइरस संक्रमणपछि होम आइसोलेसनमा बसेका प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको उनकी छोरी गंगा दाहालले जानकारी दिइन् । गत शुक्रबार बेलुका पीसीआर विधिबाट परीक्षण गर्दा प्रचण्डलाई कोरोना भाइरसको पुष्टि भएको थियो ।

प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले कोभिडको कुनै लक्षण नभएको दाहालले जानकारी दिइन् । प्रचण्ड चिकित्सकको सल्लाह अनुसार शनिबारमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ नदेखिएसम्म आइसोलेसनमै बस्ने छन् । महाधिवेशनपछि माओवादीका शीर्ष नेतालाई कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७