निर्वाचन आयोगमा सर्वदलीय बैठक, कुन दलबाट काे नेता पुगे ?


३० पुष २०७८, शुक्रबार
Nirwachab aayog election commision Nirbachan

काठमाडौं । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न विभिन्न राजनीतिक दलका नेताहरु शुक्रबार निर्वाचन आयोग पुगेका छन् । आयोगले डाकेको सर्वदलीय बैठकमा सहभागी हुन सत्तारुढ र विपक्षी दलका नेताहरु पुगेका हुन् ।

यो बैठकमा स्थानीय तहको निर्वाचन मिति निर्धारणका साथै आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तथा मतदाता नामावली अद्यावधिकबारे छलफल हुने छ । आयोगका अनुसार सर्वदलीय बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १७ दललाई बोलाइएको छ ।

बैठकमा नेपाली कांग्रेसका नेता रमेश लेखकसहित आयोग पुगेका छन् । यस्तै एमालेबाट उपमहासचिव विष्णु रिमाल, केन्द्रीय सदस्य निरज आचार्य र केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारी आयोग पुगेका छन् । माओवादी केन्द्रबाट नेता लीलामणि पोखरेलसहित पुगेका छन् ।
नेपाल मजदुर किसान पार्टीबाट सांसद प्रेम सुवाल बैठकमा पुगेका छन् । नेपाली जनता दलका हरिचरण साह, नेपाल संघीय समाजवादी दलबाट मोहम्मद रिजवान अन्सारी पनि आयोगमा गएका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट सुरेन्द्र झा छलफलका लागि पुगेका छन्।

यसअघि गत कात्तिकमा आयोगका पदाधिकारीले गत प्रधानमन्त्री शेरबहादुर देउवालाई आगामी वैशाख १४ र २२ गते पालिकाको चुनाव गर्न प्रस्ताव गरेका थिए । तर यस विषयमा सरकारले अहिलेसम्म कुनै निणर्य गरेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७