उत्तर कोरियाली ह्याकरद्वारा ४० करोड अमेरिकी डलर चोरी


३० पुष २०७८, शुक्रबार
crypto currency hacking1642145622

सोल । उत्तर कोरियाली ह्याकरहरुले गत वर्ष क्रिप्टोकरेन्सी प्लेटफर्महरुमा कम्तिमा सातपटक साइवर आक्रमण गरेर करिब ४० करोड अमेरिकी डलर चोरेको एक प्रतिवेदन सार्वजनिक भएको छ ।

ब्लकचेन एनलाइसिस कम्पनी चेनएनलाइसिसले अन्तर्राष्ट्रिय जगतबाट अलगिएको पूर्वी एसियाली मुलुक उत्तर कोरियाका साइवर अपराधिहरुलाई गएको वर्ष निकै फापेको जनाएको छ ।

तर, उत्तर कोरियाले आफूमाथि लगाइने गरेका यस्ता साइवर आक्रमणको आरोप अस्वीकार गर्दै आएको छ । चेनएनलाइसिसले भने सन् २०२० देखि २०२१ उत्तर कोरियासँग सम्बन्धित यस्तो आक्रमण चारबाट सात पुगेको र यसरी ह्याक गरेर निकालिएको सम्पत्ति ४० प्रतिशतले वृद्धि भएको जनाएको छ ।

ह्याकरहरुले विभिन्न संस्थाको ‘हट’ वाल्लेटहरुबाट पैसा निकालेर उत्तर कोरियाको नियन्त्रणमा रहेका ठेगानाहरुमा पुर्याउन फिसिंग ल्युर, कोड एक्सप्लोइट र माल्वेयरजस्ता थुप्रै प्रविधि प्रयोग गरेको अनुसन्धानबाट खुल्न आएको छ । क्रिप्टोकरेन्सी हट वाल्लेटहरु इन्टरनेट र क्रिप्टोकरेन्सी नेटवर्कसँग जोडिएकाले ह्याकिङ हुने जोखिम धेरै छ । तिनीहरुलाई क्रिप्टोकरेन्सी पठाउन र प्राप्त गर्न तथा प्रयोगकर्ताहरुलाई तिनीहरुसँग कतिवटा टोकन छन् भन्ने हेर्ने अनुमति दिन प्रयोग गरिन्छन् ।

अधिकांश विशेषज्ञहरु दिनदिनै ठूलो परिमाणमा क्रिप्टोकरेन्सी ‘कोल्ड’ वाल्लेटमा पठाउनु नपर्ने सुझाव दिने गर्छन् । चेनएनलाइसिसले गत वर्ष अमेरिकाबाट आधिकारिकता प्राप्त लजारस ग्रुप नामक ह्याकर समूहले थुप्रै साइवर आक्रमण गरेको र वास्तवमा उक्त समूह उत्तर कोरियाको प्रमुख गुप्तचर निकाय रुकन्सेस जनरल ब्युरोबाट नियन्त्रित रहेको विश्वास गरिएको जनाएको छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७