अपराध महाशाखामा एसएसपी खापुङका ३२४ दिन : लकडाउनकावीच पनि ७४ अपरेशन


३० पुष २०७८, शुक्रबार
Chandra Khapung

काठमाडौं : नेपाल प्रहरी जनताको दैनिक सरोकार र समस्यासँग प्रत्यक्ष जोडिएको क्षेत्र हो । यही कारण पनि यो विवाद र प्रश्नको घेरामा रहन्छ । तुलनात्मक रुपमा उपत्यकामा महानगरीय अपराध अनुसन्धान महाशाखा काठमाडौंलाई पनि प्रहरी नेतृत्वका लागि चुनौतीपूर्ण जिम्मेवारीको रुपमा हेर्ने गरिएको छ ।

एसएसपी चन्द्रकुबेर खापुङले २०७७ फागुन ३ गते तुलनात्मक रुपमा चुनौतीपूर्ण जिम्मेवारीको रुपमा रहेको महानगरीय अपराध अनुसन्धान महाशाखा काठमाडौंको प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनले ११ महिना अर्थात् २०७८ पुस २५ गते महाशाखाको कमाण्ड सम्हाले । ११ महिना अर्थात् ३२४ दिन उनले महाशाखालाई विवाद रहित तरिकाले कमाण्ड गरे ।

स्वास्थ्यलाई हानिकारक रसायन मिसिएका स्यानिटाइजर कारखानाको पहिचान गरेर छापा होस् नक्कली पिसीआर गराउने स्वास्थ्य संस्थामा छापा उनी आफै खटेर अपरेशन चलाएका थिए ।

कोभिड–१९ को महामारीको कारण अधिकांस समय लकडाउनमा बिताउनु परे पनि उनले उलेख्य सुधारका काम गरे । महामारीका स्वास्थ्यजन्य सामग्रीको नक्कली उत्पादन र कालोबजारीदेखि अखाद्य वस्तु उत्पादकका महत्वपूर्ण अड्डाहरुमा छापा मारे । जघन्य अपराधमा संग्लनलाई कारबाहीदेखि वैदेशिक रोजगारमा ठगी गर्नेहरुलाई कारबाही, कालोबजारी नियन्त्रण लगायतका काममा उनले सफल अपरेशन चलाए । एसएसपी खापुङले लकडाउनकावीच पनि ७४ अपरेशन चलाए ।

हेर्नुहोस् ७४ अपरेशन :

जघन्य अपराध
 

यसैगरी कर्तव्य ज्यानसम्बन्धी कसुरका ४ अपरेशनमा महाशाखा सफल भएको थियो । गत २८ साउनमा ललितपुर महानगरपालिका–९ बालकुमारीमा हरिबहादुर खड्काको हत्या घटनामा महाशाखाले १० कात्तिकमा जय सिंगारलाई पक्राउ गरेको थियो । 

गत १५ असोजमा काठमाडौंको चन्द्रागिरीबाट चमेली माया स्याङतानलाई अपहरण गरी ५ लाख फिरौती माग गर्ने धिरोज श्रेष्ठ, रसिला अवाल समेतलाई पक्राउ गरिएको थियो । भारतबाट पटका, भुईचम्पा लगायत वस्तु ल्याउने र  दशैंतिहारमा कारोबार गरिरहेका कामेश्वर प्रसाद यादवलाई पनि काठमाडौंको कागेश्वरीबाट विस्फोटक पदार्थसहित पक्राउ गरिएको थियो । 

यस्तै, ३ असारमा काठमाडौंको दक्षिणकालीमा सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको आरोपमा सुरेश तिमल्सिनालाई पक्राउ गरिएको थियो ।

कालोबजारी
 

महाशाखाले खापुङको समयमा कालोबजारीविरुद्ध विभिन्न अपरेशन गरेको थियो । उक्त समयमा रक्त चन्दनको तेल कारोबारमा संलग्न रहेका अभियुक्तहरु नियन्त्रणमा लिइएको थियो । रक्त चन्दन कारोबारमा संलग्न भएका १० जनालाई पक्रिएको थियो । उक्त अवधिमा महाशाखाले रक्त चन्दनको तेल ७७ लिटर बरामद गरेको थियो ।

यस्तै, काठमाडौ कालीमाटी क्षेत्रमा हुण्डी कारोबार गर्ने अमर नारायण दासलाई १६ लाख रुपैयाँसहित पक्राउ गरिएको थियो ।  त्यस्तै भन्सार छली गरी ल्याएका गाडीहरु र मोटरसाईकहरु पनि विभिन्न स्थानबाट बरामद गरिएको थियो । त्यस्तै नक्कली नोटको कारोबारमा संलग्न रहेका ४ जनालाई पक्राउ गर्न सफल भएको थियो ।  एक हजारको खोटा मुद्राहरु थान १० सहित उनीहरुलाई पक्राउ गरेको थियो । 

त्यस्तै महाशाखाले म्याद सकिएको सामानहरुमा लेबलिङ गरी बिक्री बितरण गर्ने अगद नेपाल भेन्चर प्रालिको गोदामका सुपर भाइजर सवास खड्कालाई पक्राउ गरेको थियो । उक्त गोदाममा ०७८ भदौ ८ गते खानतलासी लिएको थियो ।

समय सकिएका कस्मेटिक सामानलाई रिलेबलिङ गरी सामानहरु बिक्री गर्ने कार्यमा संलग्न रहेका अबिनाश अग्रवाल र महावीर गुजरालाई १७ असार २०७८ मा पक्राउ गरिएको थियो ।

कोरोना भाइरसबाट सक्रमित व्यक्तिहरुको अक्सिजन नाप्न प्रयोग हुने अक्सिमिटर बिना बिलबिजक जम्मा गरी राखी बजारमा अभाव सृजना गरेको आरोपमा शिखर श्रेष्ठ, थुमराज उपाध्याय, शेषकान्त अधिकारी, पुष्कर घिमिरे, विशाल आचार्य, जगदिश प्रसाद राणासरिय र सन्तोष भण्डारी गत २७ वैशाखमा पक्राउ परे । उनीहरुको साथबाट ६०५ थान अक्सिमिटर बरामद गरिएको थियो ।

ठगी 
 

खापुङका पालामा महाशाखाले १८ वटा ठगीसम्बन्धी मुद्दामा सफलता हासिल गरेको थियो । महाशाखाले वैदेशिक रोजगारको लागि पोर्चुगल, अष्ट्रेलिया जस्ता देश पठाउने भनी ठगी गर्ने विभिन्न गिरोहलाई पक्राउ गरेको छ ।

महाशाखाले वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाउने भनी रकम ठगी अमृत सोती मगर र समिर कार्कीलाई यही २० पुसमा पक्राउ गरेको थियो । उनीहरुले विभिन व्यक्तिबाट ६६ लाख १ हजार २ सय नगद उठाएका थिए । त्यस्तै रोजगारीको लागि कम्बोडिया पठाइदिने भनी ६ व्यक्तिसँग ३९ लाख नगद ठगी गर्ने मकवानपुर बस्ने आयुष मोक्तानलाई पक्राउ गरेको थियो । विदेश पठाइदिने भनी १९ लाख ४७ हजार ठगी गर्ने भरतप्रसाद राई पनि गत ७ वैशाखमा पक्राउ गरेको थियो । वैदेशिक रोजगारीका लागि ठगी गर्ने मणि निरौलालाई असोजमा र तारकेश्वर ११ बस्ने अमित भुजेललाई ०७७ चैतमा महाशाखाले पक्राउ गरेको थियो ।

त्यस्तै, बेलायतको नागरिक बताई विभिन्न व्यक्तिसँग १ करोड २२ लाख नगद ठगी गर्ने गिरोहलाई पक्राउ गर्न महाशाखा सफल भएको थियो । पोखराको मणिपाल कलेजको अस्पताल खरिद गर्ने भनी ५० लाख नगद ठगी गर्ने भारतीय नागरिक शिवम् विरमुथु चेटियार पनि एसएसपी खापुङकै कार्यकालमा पक्राउ परे ।

जबर्जस्ती करणी उद्योग मुद्दाका प्रतिवादी छुटाइदिने भनी रकम ठगी गर्ने महिला पक्राउ परिन् । उक्त महिलाले २० लाख नगद ठगी गरेकी थिइन् । पुरातात्विक पुस्तक हो भनी ठगी गर्ने २ जना पक्राउ परे । पक्राउ पर्ने आशिष लामा र रजिन राईले विभिन्न व्यक्तिसँग करिब २९ लाख नगद ठगी गरेका थिए ।

त्यस्तै, जग्गा कारोबारमा ठगी गर्ने २ व्यक्तिलाई महाशाखाले पक्राउ गरेको थियो । नक्कली प्रहरी बनी ठगी गर्ने २ जना र अन्य विभिन्न विषयमा ठगी गर्ने २ जनालाई प्रहरीले पक्रन सकेको थियो । सामाजिक सञ्जालबाट ठगी गर्ने ३ व्यक्तिलाई महाशाखाले पक्राउ गरेको थियो । 

वन्यजन्तु
 

महाशाखाले खापुङको सक्रियतामा दुर्लभ वन्यजन्तु र वनस्पति तथा जडीबुटी कारोबार संलग्न रहेका १० गिरोहलाई पक्राउ गर्न सफल भएको थियो । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला कारोबार गर्ने ११ जनालाई, गैंडाको खाग कारोबारमा संलग्न रहेका ८ जनालाई, चितुवाको छालाको अवैध व्यापारमा संलग्न रहेका ५ जनालाई पक्रन सफल भएको थियो । त्यस्तै जिउँदो सालक सहित काठमाण्डौबाट १ जनालाई पक्राउ परेका थिए । महाशाखाले अवैध रूपमा वनपैदावार सतुवा जडीबुटीको कारोबारी गर्ने १ जनालाई हिरासतमा लिन पनि सफल भएको थियो ।

चोरी
 

एसएसपी खापुङको ११ महिने कार्यकालमा काठमाडौंको थानकोटस्थित विशाल प्लास्टोक्याब कारखानाबाट करिब २२ लाख बराबरको पाइप बनाउने सामग्री चोरी गर्ने राम बहादुर बागदास, राम पुनित महतो, रोशन उप्रेती, अशोक कुमार महतो, राम विश्वास महतो र सत्रुधन प्रसाद जैसवाल पक्राउ परे । उनीहरुलाई यही १२ पुसमा पक्राउ परेका थिए । 

यस्तै, २४ साउनमा यार्सागुम्बा चोरी गर्ने काठमाडौंको म्हेपीबाट दीपक लामा र सुरेश सापकोटा पक्राउ परे । उनीहरुसहित धर्मे ओखेडा, मनोज कुमार श्रेष्ठ, मोहम्मद ईसाकलगायत सात जनाबाट ७ किलो ४४० ग्राम यार्सा र १ लाख ५३ हजार रुपैयाँ बरामद गरिएको थियो ।

त्यस्तै, अबैध रुपमा घरेलु मदिरा बनाई कारोबार गर्ने चाईनिज नागरिक पक्राउ गर्न सफल भएको थियो । उनीबाट ९ हजार ४० लिटर मदिरा बरामद गरेको थियो ।

राजस्व ठगी
 

त्यस्तै महाशाखाले अनुसन्धानबाट सुनको भन्सार छली, सवारीको भन्सार छली गर्ने, सुर्तीजन्य सामानमा समेत कर छली गर्ने विभिन्न व्यक्तिलाई पक्राउ गरेको थियो । अवैध रुपमा सुन लुकाई कारोवार गर्ने साकिर अली, अब्दुल सतार, प्यार मोहम्मद र राकेश राईलाई गत २० साउनमा काठमाडौंको सिनामंगलमा रहेको मिर्चैया मल्हनिया गेष्ट हाउसबाट पक्राउ गरेको थियो । उनीहरुबाट  १८६४.८ ग्राम र भारतीय नगद १ लाख ५ हजार ५ सय बरामद गरेको थियो ।

त्यस्तै, मोटरसाइकल र गाडीको भन्सार छली ल्याई कारोबार गर्ने अर्जुन कठायत र  कृष्ण बहादुर रोकायालाई गत ८ असारमा पक्राउ गरिएको थियो । उनीहरुबाट महाशाखाले ३ वटा मोटरसाईकल र स्यान्ट्रो कार बरामद गरेको थियो । २ वटा भन्सार छली ल्याएको गाडी सहित आग्य गुरुङ र सोनाम टासी योल्मोलाई ७ असारमा महाशाखाले पक्राउ गरेको थियो ।

त्यस्तै १५ लाख ९० हजार मूल्य बराबरको भन्सार छली ल्याएको सुर्तीजन्य सामान ११ चैत २०७७ मा मदन साह रौनियारको कोटेश्वरमा रहेको गोदामबाट र श्रवणकुमार सिंहको काठमाडौंको कुमारीगालमा रहेको गोदामबट बरामद गरेको थियो । 


यस्तै, नक्कली ह्याण्ड सेनिटाइजर बनाई बिक्री गर्ने व्यक्ति, नक्कली रिपोर्ट बनाउने व्यक्तिहरुलाई पनि महाशाखाले पक्राउ गरेको थियो । यस्तै, बैंकिङ कसुर, मानव बेचबिखन, अखाद्य वस्तु, जुवा तास, सट्टेबाजीमा संलग्न व्यक्तिहरु पनि पक्राउ परेका छन् । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७