सिंहदरबारभित्रै काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्षलाई दलियाे मोसो

मन्त्रीसँगको छलफलमा मेडिकल सञ्चालकले भने, ‘होस्टेल शुल्क फिर्ता गर्दैनौं’


३० पुष २०७८, शुक्रबार
Sunil Sharma 768x427 1

काठमाडौं । काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले मोसो दलेका छन् । शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै सोही कलेजमा अध्ययनरत विद्यार्थीले शर्मालाई मोसो दलेका हुन् । शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निणर्य गरेको थियो ।

बैठकमा शर्माले मेडिकल कलेजको सुविधा र संरचनाअनुसार कलेजले रकम लिन पाउनुपर्ने धारणा राखेका थिए । बैठकले गरेको पाँच निणर्यमा पनि शर्माले फरक मत ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।
मन्त्रीसँगको छलफलमा मेडिकल सञ्चालकले भने, ‘होस्टेल शुल्क फिर्ता गर्दैनौं’
काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनील शर्माले होस्टेल शुल्क फिर्ता नगर्ने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अतिरिक्त शुल्क सम्बन्धमा शुक्रबार भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

Medical college issue1642153412

‘होस्टेल शुल्क नियमभित्रै टेकेर ल्याइएको छ । शुल्क फिर्ता गर्दैनौं । यदि सहमति भयो भने त्यसमा मेरो नोट अफ डिसेन्ट हुन्छ,’ छलफलमा उनले भने । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले होस्टेल विद्यार्थीको ऐच्छिक विषय भएको बताए ।

छलफलमा शिक्षा मन्त्री देवेन्द्र पौडेल, शिक्षा मन्त्रालयका अधिकारी, मेडिकल कलेजका प्रतिनिधिसहित सरोकारवालाको सहभागिता रहेको थियो । सो कलेजले विद्यार्थीबाट अतिरिक्त ६ लाख रुपैँयासम्म असुल्दै आएको छ । पीडित विद्यार्थी कलेजले गैरकानुनी शुल्क असुलेको भन्दै आन्दोलनमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७