नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित, सञ्चालक समिति अध्यक्षमा फेरि उपेन्द्र पौडेल चयन


३० पुष २०७८, शुक्रबार
nabil bank

काठमाडौं, ३० पुस । नबिल बैंक लिमिटेडको ३७ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।

नबिल बैंक लिमिटेड, केन्द्रीय कार्यालय, तीनधारा, दरवारमार्ग, काठमाडौंमा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।

सभाले अन्य विषयका अतिरिक्त आर्थिक वर्र्ष २०७७र७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश ९३३.६० प्रतिशत बोनस सेयर र ४.४० प्रतिशत नगद लाभांश० वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

आ.व. २०७७र०७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ४ अर्ब ५३ करोड हासिल गर्न बैंक सफल भएको छ।

बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रतिसेयर आम्दानी ३३.५७ रुपैयाँ हासिल गरी आप्mनो वासलात विस्तार गर्दै २ खर्ब ९१ अर्ब पु¥याएको छ।

समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपश्चात् बैंकको पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ।

साधारणसभामा आप्mनो मन्तव्य राख्दै अध्यक्ष पौडेलले नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा करमार्फत योगदान पु¥याउन सफल भएकोमा समस्त नबिल परिवार गौरवान्वित रहेको बताए।

देशको ठूलोसँगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा बैंक केन्द्रित रहेको एंव संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई बैंकले उच्च प्राथमिकतामा राखेको सभाध्यक्ष पौडेलले जनकारी गराए।

बैंकले न्यून कार्बन अर्थतन्त्र, दिगो तथा समतामुलक भविष्यको लागि रणनीतिक रुपमा हरित लगानी, जलवायु परिवर्तनसम्बन्धी लगानीमा थप लगानी गर्न प्रतिबद्ध रहेको समेत सभाध्यक्षले सभामा जानकारी गराए।

यसैगरी सभाले आ।व। २०७८र७९ ९२०२१र२२० को लागि बाह्य लेखापरीक्षकहरु एसएआर एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स तथा पीजेपीएन एन्ड को। चार्टर्ड एकाउन्टेन्ट्सलाई संयुक्त रुपमा लेखापरीक्षकमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ।

उक्त सभाले संस्थापक सेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद २ (दुई) का लागि उदय कृष्ण उपाध्याय र एनबी ९इन्टरनेशनल० लि।लाई प्रतिनिधित्व गर्दै उपेन्द्र प्रसाद पौडेललाई निर्विरोध निर्वाचित गरेको थियो।

साथै, आजै सम्पन्न बैंक सञ्चालक समितिको ५८८ औँ बैठकले सञ्चालक समितिको अध्यक्षमा पुनः उपेन्द्र प्रसाद पौडेललाई चयन गरेको छ। पौडेल २०७४ मंसिर १५ देखि बैंक सञ्चालक समिति एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै आएकोमा शुक्रबार सम्पन्न साधारणसभाबाट संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकमा एनबी ९इन्टरेनशनल०लाई प्रतिनिधित्व गर्दै निर्विरोध निर्वाचित भएका हुन्।

बैंकले स्थापनाकालदेखि हालसम्म १६ अर्बभन्दा बढी रकम देशको राजस्वमा योगदान गरिसकेको जनाएको छ। वास्तविक अर्थतन्त्रलाई सहयोग पु¥याई समग्र अर्थतन्त्रको सुखद भविष्यको लागि हाम्रा प्रयासहरुलाई अझ बलियो बनाउँदै लैजाने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७