भिडियो कलमा संवदेनशील अङ्ग देखाउन लगाए, पछि त्यसैलाई हतियार बनाएर ‘बलात्कार’ गरे


१ माघ २०७८, शनिबार
Rape
सांकेतिक तस्वीर

काठमाडौं । फेसबुकबाट साथी बनाई बालिका बलात्कार गरेको आरोपमा काठमाडौंमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरीय प्रहरी परिसरका अनुसार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१ स्थायी घर भई हाल ललितपुरको पाटन बस्ने २१ वर्षीय सुजन श्रेष्ठलाई बालिका बलात्कार अभियोगमा नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार श्रेष्ठले सौगात महर्जन नामको नक्कली फेसबुक अकाउन्ट बनाएर ती नाबालिकासँग निकटता बढाए र भिडियो कल गर्न लगाउँदै संवदेनशील अङ्ग देखाउन लगाए । त्यसपछि त्यही भिडियो रेकर्ड गरेर बालिकासँग यौन सम्पर्कका लागि ‘बार्गेनिङ’ गर्न थाले । अन्यथा भिडियो सार्वजनिक गरिदिने धम्की दिन थाले ।

पीडित बालिकाले बताएअनुसार यस क्रममा श्रेष्ठले गत पुस २७ गते राति ८ बजेतिर उनलाई काठमाडौंको बूढानीलकण्ठ नजिकै रहेको एक निर्माणाधीन घर पछाडि भेट्न बाध्य बनाए र जबरजस्ती करणी गरे ।

त्यसपछि फरार आरोपितलाई पुस ३० गते प्रहरीले नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी वृत्त (महाराजगञ्ज) को हिरासतमा राखेर उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ती युवक बालिकासँग साथी बनेको दुई महिनाभित्र बलात्कार घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७