माघे सङ्क्रान्ति सांस्कृतिक विविधताको उत्तम उदाहरण : सभामुख


१ माघ २०७८, शनिबार
agniprasad sapkota 1536x864 1

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले माघी/माघे सङ्क्रान्ति नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताको उत्तम उदाहरण भएको बताएका छन् । उनले भनेका छन्, ‘विविधतासँग जोडिएर आएका संस्कृति, मुल्य र मान्यता हाम्रा मौलिक विशेषता हुन् । यस्ता पर्वहरूले हाम्रो नेपालीपनको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।’

सभामुखले २०७८ सालको माघी/माघे सङ्क्रान्ति पर्वका अवसरमा सम्पूणर् नेपालीमा शुभकामना व्यक्त गर्दै कोरोना भाइरसको सङ्क्रमण बढ्ने क्रममा रहेकाले यो पर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउनुहुन अपिल गरेका हुन् । थारु समुदायले यस पर्वलाई ‘माघी’ का रूपमा मनाउँछन् ।

थारुको यो नयाँ बर्ष आरम्भ पनि हो । मगर समुदायलगायतले यस पर्वलाई माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति)का रूपमा मनाउने गर्दछन् । एकै दिन एउटै पर्वलाई भिन्नभिन्न भेग र समुदायमा फरक ढङ्गले मनाउने चलनकै कारण यसको फरक विशेषता र महत्व रहेको छ ।

यो पर्वलाई घिउ, चाकु, तिलको लड्डु, तरुललगायत विभिन्न परिकार खाने दिनका रूपमा पनि लिइन्छ । सभामुखले यस पर्वले आपसी सद्भाव, आत्मीयता र एकता कायम गर्न महत्वपूणर् योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७