आज संकटा र थ्री स्टार भिड्दै


१ माघ २०७८, शनिबार
A division 8dX15b7ms1

काठमाडौं । शहीद स्मारक ’ए’ डिभिजन लिग ०७८ मा शनिबार दुई खेल हुनेछन् । त्यसमध्ये सबैभन्दा महत्वको खेल हुनेछ- संकटा र थ्री स्टारबीच । यो खेलको नतिजाले अंक तालिकाको शीर्ष चारमा रहने टिमको निणर्य हुन सक्नेछ ।

अहिलेसम्म अपराजित संकटा आठ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ । थ्री स्टार भने समान आठ खेलबाट १३ अंक जोडेर पाँचौं स्थानमा छ । यसअघि दशरथ रंगशालामा हुने खेलमा आर्मीले फ्रेन्ड्सको सामना गर्नेछ । आर्मी आठ खेलबाट १४ अंकसहित चौथो स्थानमा छ । फ्रेन्ड्स भने रेलिगेसनबाट बच्न संघषरत छ र उसको आठ खेलबाट तीन अंक मात्र रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७