भोलिदेखि बुस्टर डोज, क-कसले पाउँछन् ? (पत्रसहित)


१ माघ २०७८, शनिबार
khop balbalika

काठमाडौं । भोलि माघ २ गतेदेखि अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायतलाई सरकारले बुस्टर डोज खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर भोलि माघ २ गतेदेखि अग्रपंत्तिमा खटिनेहरुलाई बुस्टर डोज दिन भनेको हो । मन्त्रालयका अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज दिइनेछ ।

पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो, बुस्टर डोजमा पनि त्यही खोप दिइनेछ । पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर डोज दिन लागिएको हो ।

buster khop 5AGIBT45Fc

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७