खेलाडीमा कोरोना संक्रमणको आशंका, पुलिस र प्रदेश-१ बीचको खेल स्थगित


१ माघ २०७८, शनिबार
Nepal police cricket team

काठमाडौं । प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट अन्तर्गत नेपाल पुलिस क्लब र प्रदेश-१ बीचको खेल स्थगित भएको छ । प्रदेश-१ का खेलाडीमा कोरोना संक्रमण भएको आशंकापछि शनिबार टियु क्रिकेट मैदानमा हुने भनिएको पहिलो खेल स्थगित गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार कोरोना परिक्षणपछि मात्र उक्त खेलबारे निणर्य गरिने बताइएको छ ।

पुलिस ३ खेलमा अपराजित रहँदै समूह एको विजेता रुपमा समेमिफाइनलमा पुगि सकेको छ । यता प्रदेश १ ले दुई खेलमा एक अंक जोडेको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको छ । यस्तै, आज हुने दोस्रो खेलमा बागमती प्रदेश र गण्डकी प्रदेश खेल्ने छन् । खेल कीर्तिपुरमै दिउँसो १ बजे हुनेछ ।

गण्डकीलाई हराएर बागमती सेमिफाइनल पुग्ने योजनामा रहेको छ । गण्डकी २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ । बागमती विजयी भएको खण्डमा शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुग्नेछ । समूह बी बाट एपिएफ अपराजित रहँदै सेमिफाइनलमा पुगि सकेको छ ।

यसअघि हिजो भएको खेलमा आर्मी, पुलिस, एपीएफ र बागमती प्रदेश विजयी भएका थिए । त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेश, पुलिस क्लबले कणर्ाली प्रदेश, एपीएफले लुम्बिनी र वाग्मतीले प्रदेश-२ लाई हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७