गायक कुमार सुब्बाको निधन


१ माघ २०७८, शनिबार
Kumar Subba 80iH0jf9to

काठमाडौं । दार्जिलिङका चर्चित गायक कुमार सुब्बाको निधन भएको छ । शनिबार सिलिगुडीमा उपचारका क्रममा गायक सुब्बाको निधन भएको हो ।

गम्भीर स्वास्थ्य अवस्था रहेका नेपाली मूलका भारतीय गायक कुमार सुब्बाको सिलिगुडीमा उपचार भइरहेको थियो । दार्जिलिङ मूल घर भएका ७५ वर्षीय सुब्बा पछिल्लो समय सिलुगुडी बस्दै आएका थिए । गोपाल योञ्जन र कर्म योञ्जनका समकालीन सुब्बाले ‘सारंगीको तालले मेरो मनको गीत गाउँछ,’ ‘देउरालीका ठिटीहरू नक्कल पार्नु पर्दैन’, ‘ए फू चुँडेर लाने हो’ लगायतका कालजयी गीत गाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७