कस्तो रहला आजको मौसम ?


२ माघ २०७८, आईतवार
kuhiro baglung e1609730594362

काठमाडौं । आज (आइतबार) विहानैदेखि तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ । देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७