इङलिस प्रिमियर लिग : म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो


२ माघ २०७८, आईतवार

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको चेल्सीलाई हराएको छ । गए राति भएको खेलमा सिटीले चेल्सीलाई १-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा सिटीलाई जिताउन खेलको ७०औं मिनेटमा केभिन डे ब्रुएनाले निर्णायक गोल गरे । जितसँगै सिटीले १३ अङ्कको अग्रता बनाएको छ । शीर्ष स्थानको सिटीको ५६ अङ्क भएको छ भने दोस्रो स्थानमा रहेको चेल्सीको ४३ छ ।

यस्तै, गएरातिकै अन्य खेलमा वुल्भ्स् र नर्विच सिटी विजयी भएका छन् भने म्यानचेस्टर युनाइटेड एस्टोन भिल्लासँग बराबरीमा रोकिएको छ । वुल्भ्स्ले साउथह्याम्टनलाई ३-१ गोल अन्तरले हरायो भने एभर्टन नर्विचसँग २-१ गोल अन्तरले पराजित भयो । यस्तै, म्यानचेस्टर युनाइटेडले एस्टोन भिल्लासँग दुई-दुई गोलको बराबरी खेलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७