हाइटीका राष्ट्रपतिको हत्या आरोपमा पूर्व सांसद पक्राउ


२ माघ २०७८, आईतवार
122581508 gettyimages 1177728500 lpzvNMnobO

काठमाडौं । हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्याको मुख्य आरोपी रहेका पूर्व सांसदलाई जमैकाका अधिकारीहरूले पक्राउ गरेको छ । जोन जोयल जोसेफलाई जमाइकाको कन्साबुलेरी फोर्सले शुक्रबार पक्राउ गरेको हो ।

मोइसको गत ७ जुलाईमा हाइटी राजधानी पोर्ट एउ प्रिन्सस्थित निवासमा हतियारधारीहरूले हत्या गरेका थिए । लगत्तै राष्ट्रिय प्रहरीका प्रमुख लियोन चार्ल्सले जोसेफले हत्याको योजना बनाउनुका साथै हतियार उपलब्ध गराएको आरोप लगाएका थिए ।

फोर्सका प्रवक्ता डेनिस ब्रुक्सले कसको आग्रहमा जोसेफलाई पक्राउ गरिएको हो भन्ने बारे चाहिँ खुलाएनन् । अमेरिकाको एफबीआईले पनि उक्त हत्याकाण्डको अनुसन्धान गरिरहेको छ । मियामी हेराल्डका अनुसार हाइटीको प्रहरीले तयार गरेको १२४ पृष्ट लामो अनुसन्धान प्रतिवेदनमा राष्ट्रपतिको हत्यामा जोसेफको भूमिका प्रमुख रहेको थियो ।

गत महिना हत्यामा संलग्न रहेको आरोपमा कोलम्बियाका पूर्व सैन्य अधिकारी मारियो एन्टोनियो पालासियोस अमेरिकामा पक्राउ परेका थिए । त्यस्तै, घटनामा संलग्न रहेको आरोपमा अन्य थुप्रै जनालाई पक्राउ गरिएको छ । मोइसको हत्याकाण्डको छानबिन निकै सुस्त भएको आरोप लागिरहेको छ । त्यसमाथि मुख्य अधिकारीहरूको राजीनामाले यसमा थप प्रभाव परेको छ । अनुसन्धान अधिकारीहरूले आफूहरूलाई ज्यान मार्ने धम्की समेत आएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७