प्रिन्स योनेक्सको ब्राण्ड एम्बेसडरमा चयन


२ माघ २०७८, आईतवार
Capture1642300316

काठमाडौं । विश्व जुनियर वरीयाताको नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई योनेक्स नेपालले ब्राण्ड एम्बेसडरमा चयन गरेको छ । योनेक्सको नेपालमा आधिकारिक वितरक संस्था इनासका प्रोपाईटर राजु बास्तोलाले प्रिन्सलाई एक वर्षका लागि नेपालको ब्राण्ड एम्बेसडरमा चयन गरेको बताए । योनेक्स नेपालले प्रिन्सलाई दुई लाखसहित प्रशंसा पत्रले सम्मान गरेको थियो ।

प्रिन्सले ब्राण्ड एम्बेसडर भए बापत एक वर्षसम्म आवश्यक योनेक्सका सम्पूणर् सामग्री प्राप्त गर्ने र प्रयोग गर्नेछन् भने हाललाई एशियाली देशहरुमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा हवाई यातायातको खर्च ब्यहोर्ने प्रोपाइटर बास्तोलाले बताए । प्रिन्स विश्व ब्याडमिन्टन महासंघले प्रकाशित गरेको जुनियरतर्फ वरीयातामा नम्बर एक हुन सफल भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७