रुबी भ्याली पहिरो : एकको शव भेटियो, दुई जनाको अवस्था अज्ञात


२ माघ २०७८, आईतवार
Dhading pahiro

धादिङ । धादिङको उत्तरी क्षेत्र रुबी भ्याली गाउँपालिका-१ स्थित लिङ्जोपुरदेखि तिप्लिङ जाने बाटो खन्ने क्रममा गएको सुक्खा पहिरोमा पुरिएकामध्ये एक जनाको शव भेटिएको छ । एक्स्काभेटरका सहचालक काभ्रेपलाञ्चोक घर भएकाका राजु तामाङको शव भेटिएको हो ।

शनिबार पहिरो खोतल्ने क्रममा उनको शव भेटिएएपनि अन्य दुई जनाको अवस्था अज्ञात छ । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । गत बिहिबार विहान ८ बजे सडक खन्ने क्रममा पहिरो खसेको थियो । त्यस लगत्तै नेपाल सेना, ससस्त्र र नेपाल प्रहरीले शुक्रबार बिहानैदेखि खोजीकार्य गरेको थियो ।

सुक्खा पहिरो खस्दा एक्स्काभेटर अपरेटर काभ्रेपलाञ्चोक घर भएका आकाश तामाङ, सहचालक राजु तामाङ, रुबीभ्याली गाउँपालिका- १ का अनुश तामाङ गरी तीनजना पुरिएका थिए । त्यसमध्ये आकाश र अनुसको शव फेला नपरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी राकेश सिंहले जानकारी दिए । पहिरो खसेपछि बा २ क ४८२१ नम्बरको एक्स्काभेटर पनि पुरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७