गुरुयोजनाविपरीत सुरज वैद्यलाई लुम्बिनीमा रिसोर्ट खोल्न दिने निर्णय


२ माघ २०७८, आईतवार
Lumbini

काठमाडौं : लुम्बिनी विकास कोषको जग्गा गुरुयोजना विपरीत रिसोर्ट बनाउन दिने प्रक्रिया अगाडि बढाउन थालिएको छ । मंसिर ११ गते बसेको कोषको बैठकले संसारा वेलनेसलाई रिसोर्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो। संसारा वेलनेस नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको कम्पनी हो ।

लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री प्रेम आलेको अध्यक्षमा बसेको कोषको बैठकले संसारा वेलनेस नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यसअघि पनि वैद्य कोषको उपाध्यक्ष हुँदा प्रक्रिया अघि बढाएका थिए । तर गुरूयोजना विपरीत हुने भन्दै यसअघिका अध्यक्षहरूले उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।

वैद्यको संसारा वेलनेसले लुम्बिनी ग्रामस्थित श्रीलंकाको पिलग्रिमेज हाउससँग जोडिएको क्याम्पियन ग्राउण्डको जग्गा रिसोर्ट संचालनका लागि उपलब्ध गराउन लुम्बिनी विकास कोषसामु प्रस्ताव गरेको छ ।

लुम्बिनी विकास कोषका वरिष्ठ इन्जिनियर तथा कार्यक्रम प्रमुख सरोज भट्टराईका अनुसार संसारा वेलनेसलाई जग्गा दिने प्रस्ताव मन्त्रालयबाटै सिधै विकास कोषको बैठकमा पेश गरिएको थियो ।

संसारा वेलनेसले प्रस्ताव गरेको क्षेत्र क्याम्पियन ग्राउण्ड रहेकोले त्यसलाई रिसोर्ट सञ्चालनको लागि दिन नहुने पक्षमा लुम्विनी बिकास कोषका उपाध्यक्ष अवधेस कुमार त्रिपाठी (भिक्षु मेत्तेय) रहेका थिए। श्रोतका अनुसार उक्त प्रस्तावलाई निर्णय गर्न लुम्विनी विकास कोषका पदाधिकारीले नमानेपछि मन्त्री आलेले विकास कोषका पदाधिकारीलाई राजीनामा गर्न समेत दबाब दिएका थिए।

लुम्विनी विकास गुरुयोजनाभन्दा बाहिर गएर कुनै पनि संरचना निर्माण गर्न नहुने भन्दै अडान राख्दै आएका उपाध्यक्ष त्रिपाठीले मन्त्रीको दबाब थेग्न नसकेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निवास पुगेर आफ्नो अवधी सकिन लागेकोले मन्त्रीलाई मनाउन आग्रह समेत गरेका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७