रामकुमारीका सय दिन : ८७ किमि सडक निर्माण, १२ हजार परिवारलाई जग्गा (पूर्णपाठ)


३ माघ २०७८, सोमबार
ram kumari jhakri

काठमाडौं, ३ माघ । सहरी विकास मन्त्रीका रुपमा रामकुमारी झाँक्रीले सय दिन पूरा गरेकी छन्।

गठबन्धन सरकारमा सहरी विकास मन्त्रालय सम्हालेको सय दिनमा उनले आफ्ना विभिन्न ३७ उपलब्धि सार्वजनिक गरेकी छन्।

सहरी विकास विभागको कार्यालय बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौं उपत्यका भित्र र बाहिर अड्किएका कामहरूलाई तीव्र पारिएको उल्लेख गरेकी छन्।

मन्त्री झाँक्रीले आफ्नो सय दिने कार्यकालमा विभिन्न आयोजनाहरुमार्फत तीन महिनाको अवधिमा ८७ किलोमिटर सडक निर्माण भएको दाबी गरेकी छन्।

त्यस्तै त्यही अवधिमा ९१ किलोमिटर सडकको पक्की नाला पनि निर्माण गरिएको जानकारी उनले दिएकी छन्। मन्त्री झाँक्रीले विभिन्न समयमा राजनीतिक तथा सामाजिक विवादका कारण रोकिएको जग्गा हस्तान्तरणलाई पनि तीव्र पारिएको बताएकी छन्।

३७ बुँदे उपलब्धिमा उनले मुलुकभरका १२ हजार ६ सय ६० घर परिवारलाई जग्गा हस्तान्तरणको बाटो पनि खोलिएको उनले बताएकी छन्।

पूर्वाधार तथा सेवा सुविधायुक्त, व्यवस्थित, सफा र सुन्दर शहर तथा बस्तीहरू विकास गर्ने दीर्घकालीन सोच अनुरुप मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति, नगर विकास कोष, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति र राष्ट्रिय आवास कम्पनी लिमिटेड गरी छवटा निकायहरु मार्फत मन्त्रालयले शहरी विकास, भवन निर्माण र आवास व्यवस्थाका क्षेत्रमा कार्यहरू गर्दै आएको छ।


यस अवधिमा रुपान्तरणकारी, क्रमागत र नयाँ शहरी पूर्वाधार निर्माणका परियोजनाहरूको कार्यान्वयनले गति लिएको मन्त्री झाक्रीले दाबी गरेकी छन्श हरी विकास मन्त्रालयले सामाजिक पूँजीको रुपमा रहेका सामाजिक पूर्वाधारहरू जस्तै अस्पताल, स्वास्थ्य चौकी, हरियाली पार्क, मनोरञ्जन पार्क, शवदाह गृह जस्ता सामाजिक पूर्वाधार निर्माण कार्य समेत गर्दै आईरहेको उनले बताएकी छन्।

चालू आर्थिक वर्षमा मन्त्रालयको कुल बजेट ३० अर्ब ८४ करोडमध्ये चालूतर्फ विनियोजित १ अर्व ९४ करोड रुपैयाँमा ६९ करोड ९३५ प्रतिशत० र पूँजीगततर्फ विनियोजित २८ अर्व ९० करोड रुपैयाँमा ५ अर्व ८ करोड ९१७ प्रतिशत० खर्च भएको मन्त्री झाक्रीले जानकारी दिएकी छन्।

उनले मन्त्रालयको समग्र प्रगति १८.९१ प्रतिशत रहेको बताएकी छन्।

यस्ता छन् उपलब्धि

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७