सीमा रक्षक यादवद्वारा भारतीय राजदुतकाे निम्ताे अस्वीकार


२८ आश्विन २०७४, शनिबार
xpuri dev narayan

काठमाडौं : सप्तरी तिलाठीका सीमा रक्षक देवनारायण यादवले भारतीय राजदुत मञ्जिवसिंह पुरीलाई भेट्न अस्विकार गरेका छन् ।   भारतीय सरकारको गैर कानुनी थुनाबाट तारेखमा मुक्त भएका यादवलाई भेटका लागि  राजदुत पुरीले  पठाएको  निम्ताे अस्विकार गरेका हुन् ।

xpuri dev narayan

‘मलाई भारतीय राजदुतले भेट्न खवर पठाउनु भएको छ । तर मलाई भेट्न मन छैन’ उनले शुक्रबार अपरान्ह नेपाल बार हलमा नागरिक समाजका केही अगुवासँग भने ।

तिलाठी काण्डपछि चर्चित भएका यादवलाइ अपहरणको मुद्धा लगाएर भारतीय सुरक्षाकर्मीले तीन साताअघि पक्राउ गरी थुनेको थियो । भारतीय कारागारबाट तारेखमा छुटेर नेपाल फर्केपछि उहाँ काठमाडौं आएर एमाले प्रवेश गरेका थियो । उनलाई बिहिबार एमाले संसदीय दलको कार्यलयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएको थियो  ।

हिरण्यलाल श्रेष्ठ, द्वारिकानाथ ढुँगेल, शम्भु थापा, टिकाराम भट्टराई लगायतको पहलमा बार हलमा भएको भेटमा यादवले आफूलाई सीमा रक्षाको ईबी साँध्न पक्राउ गरिएको बताए । यादवलाई स्वागत गर्दै बरिष्ठ अधिबक्ता थापाले भारतीय अदालतमा गएरै सहयोग गर्न तयार रहेको बताए । गतबर्ष भदौमा भारतीय पक्षले एकतर्फी रुपमा बनाएको बाँध भत्काउँदा यादवलाई भारतीय सुरक्षाकर्मीले कुटपिट गरी घाइते बनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७