युवा संघको आयोजनामा इपिएस परिक्षा पास गरि बसि रहेका युवाहरुबीच अन्तर्रक्रिया


३ माघ २०७८, सोमबार
youth leder nepal

काठमाडौं, ३ माघ । युवा संघ नेपालको आयोजनामा इपिएस परिक्षा पास गरि बसि रहेका युवाहरुबीच अन्तर्रक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठ र इपिएस कोरियन भाषा परिक्षा पास गरि बसि रहेको करिब दस हजार युवाहरूको सातै प्रदेशका प्रतिनिधिहरु युवाहरु बीच नंया बानेश्वरको एक होटलमा अन्तर्रक्रिया कार्यक्रम सम्पन्न भएको छ।

युवा संघ नेपालका अध्यक्ष नरेश शाहीको अध्यक्षतामा भएको कार्यक्रममा युवा फात इन्चार्ज दिलु पन्त, संघका पदाधिकारीहरु, वैदेशिक रोजगार बिभागका कार्यकारी प्रमुख दिपक काफ्ले, इपिएस शाखाका प्रमुख सुरेश राउत र कोरियन भाषा पास गरेका युवा कामदारहरु सङ करिब दुई घन्टा साक्षरता भएको संघका उपमहासचिव तथा प्रवक्ता सन्जिप राइले बताए ।

कोरोना भाइरस कोभीड-१९ का कारण दक्षिण कोरिया बिगत दुई बर्ष पुर्ण बन्द रहेर अहिले आङ्सिक संचालन रहेको र यस बीचमा नेपाल सरकार, इपिएस कार्यलय लगायतको लगातार बेवास्ताका कारण कष्टपुर्ण भइ गन्तव्य अन्योलपुर्ण रहेको उल्लेख गर्दै नेपाल सरकारले क्वारेन्टाइनलाई व्यस्थित गर्नु पर्ने, हप्तामा दुई हवाई फाइट गरेर पठाउनु पर्ने, चार बर्ष देखि खाली रहेको कोरियाका लागि नेपाली राजदुत नियुक्त गर्नु पर्ने लगायतको मागहरु नेपाल सरकार सङ पहल गरदिन अनुरोध गर्दै पौष २८ गते कोरियन भासा पास गरेर बसेका करिब दस हजार युवाहरु भएर सङ्घर्ष समितिूको तर्फबाट युवा संघ नेपालका केन्द्रिय अध्यक्ष नरेश शाहीलाई ज्ञयापन बुझाएका थिए ।

कोरियन भासा इपिएस पास गरेका करिब दस हजार कामदारहरु मध्ये छ सय गइ सकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७