प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम


३ माघ २०७८, सोमबार
janakpur 1

काठमाडौं ३ माघ । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ।

सोमबार प्रदेश सभामा भएको मतदानमा सो प्रस्तावमाथि दुई तिहाई मतले जनकपुरधाम राजधानी कायम गर्ने निर्णय गरेको हो।

‘जनकपुरधाम’ लाई स्थायी राजधानी बनाउनुपर्ने सबै दलको संयुक्त प्रस्ताव हो। प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् । सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरे ।

दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो । यसअघि ३ चैत २०७६ मा मतदान हुँदा पनि राजधानी तोकिन सकेको थिएन ।

उत्तरमा धनुषा ढल्केबरको पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल–भारत सीमा र पश्चिममा मिथिला माध्यमिक परिक्रमा क्षेत्र रहेको जनकपुरधाम अब प्रदेश २ को राजधानी कायम भएको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७