श्रम, रोजगार मन्त्री श्रेष्ठका सय दिन : यस्ता छन् सुधारका ३५ काम (पूर्णपाठसहित)


३ माघ २०७८, सोमबार
krishna shrestha scaled

काठमाडौं, ३ माघ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रालय सम्हालेको सय दिन पूरा भएको छ।

उनले २०७८ असोज २२ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पूरा भएको हो।
आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि वैदेशिक रोजगारीको व्याप्त विथिति हट्ने आशा जागेको दाबी उनको छ।

वैदेशिक रोजगारीका बेथिति हटाउन र नयाँ गन्तव्यसँग श्रम सम्झौता गर्न पनि आफूले पहल गरेको श्रेष्ठले बताएका छन्। मन्त्री श्रेष्ठले पुन श्रम स्वीकृति लिन कार्यालयमा पुग्नु पर्ने बाध्यता हटाएका छन्।

वैदेशिक रोजगारीका मात्रै समस्या हेर्ने गरी छुट्टै प्रहरी एकाइ गठन गर्ने तयारी भइरहेको मन्त्रीले जानकारी गराएका छन्।

यस्तै कोरोनाका कारण रोकिएको दक्षिण कोरियाको रोजगारी सुचारु भएको छ। इजरायलमा पनि यसै साताबाट श्रमिक जान थाल्नेछन्।

बेलायतमा नर्स पठाउनका लागि श्रम सम्झौताको मस्यौदा तयार भइरहेको छ। अन्य देशसँग सम्झौता नवीकरणको तयारी पनि श्रम मन्त्रालयले गरिरहेको छ। यस्तै आन्तरिक रोजगारीतर्फ पनि सुधारका काम अगाडि बढाएको मन्त्री श्रेष्ठले बताए ।

न्त्री श्रेष्ठका ३५ बुँदे उपलब्धि

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७