जनकपुरमा सिटिजन्स बैंकको आफ्नै भवनबाट सेवा सञ्चालन सुरु


३ माघ २०७८, सोमबार
Photo 2

धनुषा, ३ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुर विद्यापति चोकमा आफ्नै भवन सञ्चालनमा ल्याएको छ । माघ ३ गते प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गरी बैंकिङ्ग कारोवार सञ्चालन गरिएको हो । यस शाखाबाट विशेषाधिकार काउन्टरसमेत सुरुवात गरिएको छ ।

Photo 5FfhGyaTi7

साथै, यस शाखामार्फत सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

सिटिजन्स बैंकका देशैभरी १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७