टमटा प्रशिक्षक संघको अध्यक्षमा निर्विरोध निर्वाचित


३ माघ २०७८, सोमबार
ccan 1024x766 1

काठमाडौं, ३ माघ । टोलीका पूर्व प्रशिक्षक जगट टमटा नेपाल क्रिकेट प्रशिक्षक संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । सोमबार काठमाडौंमा भएको प्रथम साधारण सभाबाट टमटा निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

साधारण सभाबाट श्यामसन जंग थापा र सचिवमा वसन्त शाही ठकुरी छन् । ‘हाम्रो मुख्य उदेश्य भनेको क्रिकेटलाईनै सहयोग गर्ने हो । प्रशिक्षकहरुको हित र हकको लागि काम गर्ने हो । क्रिकेटलाई कसरी विकास र राम्रो बनाउने भन्ने हुन्छ’, टमटाले हाम्रो खेलकुदसँग भने ।

अध्यक्ष टमटाले देशभरका ६५ सक्रिय प्रशिक्षकलाई संघमा वस्न सूचना पठाएको जनाए । टमटाको अनुसार साधारण सभामा ३८ प्रशिक्षकको सहभागिता थियो ।

संघको कोषाध्यक्षमा महेश प्रसाद रिजाल छन् । सदस्यहरुमा प्रकाश शर्मा, रिजन प्रजु, सुनिल शाह, निराराज उपाध्याय, जानकी भट्ट, ज्ञानेन्द्र क्षेत्री र शेर लामा छन् । २०७६ साल जेठमा टमटाको अध्यक्षमा नेपाल क्रिकेट प्रशिक्षक संघको तदर्थ समिति गठन भएको थियो । नेपाल क्रिकेट संघ (क्यान)ले प्रशिक्षक संघलाई मान्यता दिने अघिल्लो महिना जनाई सकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७