मेस्सी र मोहम्मद सलाहलाई पछि पार्दै लेवान्डोस्कीले जिते फिफा बेष्ट अवार्ड


४ माघ २०७८, मंगलवार
Robert Lewandowski

काठमाडौं , ४ माघ (एजेन्सी) । लियोनल मेस्सी र मोहम्मद सलाहलाई पछि पार्दै बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले फिफा बेस्ट अवार्ड २०२१ को उपाधि जितेका छन् । ३३ वर्षीय लेवान्डोस्कीको यो लगातार दोस्रो बेष्ट अवार्ड हो । उनले सन् २०२० मा पनि यो उपाधि जितेका थिए ।

अवार्ड जितेपछि खुसी व्यक्त गर्दै गर्वको महसुस भएको बताएका छन् । उनले भनेका छन्, ‘म यो यो सम्मान पाउँदा गर्वको महसुस गरेको छु । यसको श्रेय मेरो टोलीका साथीहरू र प्रशिक्षकहरुमा जान्छ ।’

यसैगरी म्यानचेष्टर युनाइटेडका क्रिष्टियानो रोनाल्डोले स्पेशल अवार्ड जितेका छन् । बार्सिलोनाकी एलेक्सियाले उत्कृष्ट महिला खेलाडीको उपाधि जितेकी छन् ।

यसैगरी चेल्सीका थोमस टुचेलले उत्कृष्ट प्रशिक्षक र चेल्सीकै एडवार्ड मेन्डी उत्कृष्ट गोल रक्षकको उपाधि जितेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७