उपत्यकाकाकाे यी २७ स्थानमा लगाइन्छ बुस्टर डोज


४ माघ २०७८, मंगलवार
covid vaccine 2nd dose 4 scaled

काठमाडौं, ४ माघ। कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहँदा काठमाडौँका उपत्यका विभिन्न स्थानमा बुस्टोर डोज दिन सुरु गरिएको छ ।

काठमाडौँमा १९ र ललितपुर महानगरका ८ गरी २७ स्थानमा बुस्टर डोज लगाउने व्यवस्था गरिएको छ । काठमाडौँमा सोमबारदेखि खोप दिइएको छ भने ललितपुर महानगरमा मंगलबारदेखि खोप दिन लागिएको छ ।

संघीय सरकारमार्फत प्राप्त खोप प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा गत असारअगाडि दोस्रो मात्राको खोप लगाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रपंक्तिमा खटिनेलाई बुस्टर डोज दिन सुरु गरेको हो ।

बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा हुनुपर्ने छ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्ने छ ।

काठमाडौँका यी स्थानमा लगाइने छ बुस्टर डोज
त्रिवि शिक्षण अस्पताल
वीर अस्पताल
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
सशस्त्र प्रहरी बल अस्पताल बलम्बु
सहिद मेमोरियल अस्पताल कलंकी
वीरेन्द्र सैनिक अस्पताल छाउनी
लोट्से भवन नयाँ बसपार्क
नेपाल प्रहरी अस्पताल महाराजगन्ज
बयोधा अस्पताल बल्खु
प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली
निजामती अस्पताल नयाँबानेश्वर
एपेक्स पोलिक्लिनक जडिबुटी
काठमाडौँ मोडल अस्पताल प्रदर्शनीमार्ग
पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी
जनमैत्री अस्पताल बालाजु
नर्भिक अस्पताल थापाथली
शुभेच्छा अस्पताल सीतापाइला
ग्रान्डी अस्पताल
नोबेल अस्पताल सिनामंगल

ललितपुर महानगरपालिका
सुमेरु अस्पताल
सर्वाङ्ग अस्पताल
अल्का अस्पताल
स्टार अस्पताल
निदान अस्पताल
बिएन्डबी अस्पताल
मेडिसिटी अस्पताल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७