ब्लड’ क्यान्सरले निधन भएका गुरुङका सन्तानको लागि आर्थिक सहयोग


४ माघ २०७८, मंगलवार
Help for Gurung

काठमाडौं : ‘ब्लड’ क्यान्सरमा निधन भएका संखुवासभाका प्रकाशमेघी गुरुङका बालबच्चाहरुको पढाईको निम्ती आर्थिक सहयोग गरिएको छ । हङकङ तमु समाजका अध्यक्ष चन्द्र बहादुर गुरुङको अगुवाईमा संकलित ८५ हजार २० रुपियाँ स्वा. गुरुङका चार बालबच्चाको निम्ती हस्तान्तरण गरिएको हो ।

मंगलबार संखुवासभा समाज काठमाडौंका अध्यक्ष नारायणकुमार गुरुङले स्वा. गुरुङका श्रीमती सुबी गुरुङ र बुवा गंगाबहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन् । संखुवासभा जिल्ला मकालु गाउँपालिका वडा नं.–४ बैधेका स्थायीबासी गुरुङ ‘ब्लड’ क्यान्सरबाट पीडित भई काठमाडौंको महाराजगञ्ज स्थित त्रि.वि.शिक्षण अस्पतालमा उपचार गराइरहेका बेला संखुवासभा समाज, काठमाडौंले आर्थिक सहयोग अभियान सञ्चालन गरेको थियो ।

उपचारककै क्रममाउनलाई १४ भाद्र २०७८ मा समाजले ४ लाख २८ ७ सय ७३ रुपियाँ संकलन गरेर सहयोग गरेको थियो । उपचारका लागि सहयोग अभियान चलिरहेको बेला नै उनको मृत्यु भएको थियो । समाजका अध्यक्ष गुरुङका अनुसार दोस्रो चरणमा संकिलत रकम हस्तान्तरण गरिएको हो ।

उनले भने, ‘पहिलो चरणको संकलित रकम हस्तान्तरण गरिसके पछि पनि सहयोग संलकन अभियान जारी थियो । यसै बीचमा पीडित गुरुङको दुःखत निधन भयो । उहाँ स्वर्गवास भइसकेपछि सहयोग अभियान बन्द गरियो । तर, त्यहीविचमा उहाँको नाममा हङकङ तमु समाजका अध्यक्ष चन्द्र बहादुर गुरुङद्धारा हङकङ डलर ५,३८१ (नेपाली रु. ८५,०२०/- आर्थिक सहयोग रकम प्राप्त भएको थियो । हामीले यही रकम दिएका हौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७