प्रदेश १ को नाम हिउँदे अधिवेशनबाट टुंगो लगाउँछौं : मुख्यमन्त्री राई


४ माघ २०७८, मंगलवार
rajendra Rai scaled

काठमाडौँ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेशसभाको आउँदो हिउँदे अधिवेशनबाट टुंगो लगाउने बताएका छन् ।

मुख्यमन्त्रीको कार्यालयमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘प्रदेशको नाम प्रदेशसभाले नै टुंगो लगाउँछ ।’

मुख्यमन्त्री राईले आफूहरू सरकारमा आएपछि सभाको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै उनले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामकरण गर्ने प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

उनले यही माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेशको नाम टुंगो लगाउनेतर्फ आवश्यक प्रक्रिया अघि बढाइने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७