प्रहरीमा तीन एआईजी दरबन्दी थपिने निश्चित : प्रतिस्पर्धामा को–को ?


४ माघ २०७८, मंगलवार
Nepal Police

काठमाडौं : नेपाल प्रहरीमा तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थपिने निश्चित भएको छ । गृहको प्रस्तावमा अर्थ मन्त्रालयले स्वीकृति दिएपछि तीन जना थपिने निश्चित भएको हो ।

गृह स्रोतका अनुसार केही डीआईजीलाई बढुवा गर्नकै लागि एआइजीको दरबन्दी थप्न लागिएको हो । आइजिपी शैलेश थापा क्षेत्रीकै ब्याचका डिआइजी भन्दा जुनियर ब्याचका डिआइजीलाई बढुवा गर्न दरबन्दी थप्न लागिएको हो । चार जना डीआईजी आईजीपीकै ब्याची छन् । ईश्वरबाबु कार्की, वसन्तकुमार पन्त, घनश्याम अर्याल र प्रकाशजंग कार्की आईजीपी थापाकै ब्याजी हुन् ।

डीआईजीहरु धीरजप्रताप सिंह, उत्तमराज सुवेदी र रविन्द्र धानुकलाई बढुवा गर्नेगरी दरबन्दी थप गरिएको स्रोतको दाबी छ । उनीहरु बाहेक बसन्त लामा, अरुण कुमार बिसी, बसन्त पन्तको पनि दाबी छ ।

यसअघि ओली सरकारले यसैगरी एआइजीका दुइ दरबन्दी थप गरेको थियो । गत वर्ष मंसिरमा एक दरबन्दी थपेर विश्वराज पोखरेललाई बढुवा गरियो । ईश्वर पोखरेलको जोडमा उनको बढुवा भएको थियो । गत असारमा अर्को पद थपेर सहकुल थापालाई बढुवा गरिएको थियो ।

निर्वाचन आचारसंहिताका कारण रोकिएको भए पनि माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन सकिएपछि एआईजी थपको निर्णय गर्ने सरकारको तयारी छ। त्यतिबेलासम्म अर्थ मन्त्रालयबाट स्वीकृति लिइसक्ने गृहको तयारी छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७