एपीएफले जित्याे प्रधानमन्त्री कप क्रिकेटको उपाधि


५ माघ २०७८, बुधबार
apf

काठमाडौं, ५ माघ । सशस्त्र प्रहरी बल (एपीएफ)ले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

उत्कृष्ट बलिङ प्रदर्शन गरेको एपीएफले बुधबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो ।

एपीएफले प्रधानमन्त्री कपको उपाधि जितेको यो दोस्रोपटक हो । यसअघि, एपीएफले दोस्रो संस्करणको उपाधि जितेको थियो । गत संस्करणमा एपीएफ त्रिभुवन आर्मी क्लबसँग फाइनलमा पराजित भएको थियो ।

ट्वान्टी–२० स्वरूपमा भने एपीएफ पहिलो विजेता बनेको छ । यो प्रतियोगिता यसअघि एकदिवसीय स्वरूपमा हुँदै आएको थियो ।

दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरे पनि पुलिसलाई जिताउन सफल भएनन् । दीपेन्द्रसिंहले ६५ रन बनाउनुका साथै तीन विकेट लिएका थिए ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसका कप्तान मञ्जित श्रेष्ठले एपीएफविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । उनको निर्णय सही सावित भएको थियो । एपीएफका खेलाडीले कुनै पनि समय ठूलो साझेदारी गर्न सकेनन् । तर, एपीएफले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि विजयी नतिजा निकाल्न सफल भयो ।

न्यिदब िदबलप
एपीएफले १९।५ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो । १५८ रनको लक्ष्य पछ्याएको पुलिसले सात विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो ।

एपीएफका लागि अमर राउटेलाले सबैभन्दा धेरै २९ रन बनाए । लेकेश बम २७ रनमा पवेलियन फर्किंदा सन्दीप जोरा २४, कप्तान शरद भेषावकर १९ र भुवन कार्कीले १७ रन जोडे ।

पुलिसका दीपेन्द्रसिंह र सागर ढकालले समान तीन विकेट लिए । गुल्सन झाले दुई विकेट लिँदा आरिफ शेख र योगेन्द्रसिंह कार्कीले एक÷एक विकेट लिए ।

१५८ रनको लक्ष्य पछ्याएको पुलिसका लागि दीपेन्द्रसिंहले सबैभन्दा धेरै ६५ रन बनाए । दिलीप नााले २३ रन बनाउँदा आरिफ शेखले १२ र अनिल शाहले १० रन बनाए । अरूले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफका किशोर महतोले तीन विकेट लिँदा अविनाश बोहरा, अमर राउटेला र दीपक बोहराले एक-एक विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७