विशेष अदालतमा थुनुवा बाहेकका सबै मुद्दा स्थगित


५ माघ २०७८, बुधबार
bises adalet

काठमाडौं, ५ माघ । विशेष अदालतले कोरोना सङ्क्रमण बढेका कारण थुनुवा बाहेकका सबै मुद्दा स्थगित गरेको छ ।

कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै विशेष अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको हो । विशेष अदालतले त्यसबाहेक थुनुवाको म्याद थपको काम कारबाही मात्रै गर्नेछ ।

अहिले विशेष अदालतमा थुनुवा समेत भएका मुद्दाहरु सीमित सङ्ख्यामा छन् । आरोप पत्रका साथ उपस्थित गराइएका आरोपितको थुनछेक आदेशबाहेक अरु न्यायिक काम नहुने अदालतले जनाएको छ ।

विशेष अदालतले आरोप पत्र दर्ताको काम भने जारी राख्ने जनाएको छ । विशेष अदालतले थुनुवा बाहेकका सबै मुद्दाको सुनुवाइ रोकेको छ । पेशी र अरु तारिख दिने काम पनि नगर्ने भएको छ ।

हाजिर हुन आउने निवेदन पनि नलिने भन्दै अदालतको सूचनामा भनिएको छ, ‘ यस अदालतमा कार्यरत केही कर्मचारी एवं नियमित बहस पैरवीमा उपस्थित हुने केही सरकारी वकिल र कानून व्यवसायीसमेत संक्रमित हुनुभएका र अन्यसमेत संक्रमितको सम्पर्कमा रहन पगेको परिस्थितिमा नियमित कार्यसंचालन गर्दा थप सरोकारवालामा समेत प्रत्यक्ष जोखिम हुन सक्ने परिस्थितिको मूल्याङ्कन गरी आवश्यक सावधानी अपनाउनु पर्ने भएकोले यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७