अमेरिकाले अफगानिस्तानलाई कोरोनाविरुद्धको खोप दिने


५ माघ २०७८, बुधबार
moderna covid 19 vaccine

काठमाडौं, ५ माघ (एजेन्सी) । अमेरिकाले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगी हुने सामग्रीहरु उपलब्ध गराउने भएको छ ।अफगानिस्तानलाई दिने सहयोग बन्द गरेको अमेरिकाले मानवीय नाताले कोरोनासम्बन्धी सामग्रीहरु उपलब्ध गराउन लागेको हो ।

अफगानिस्तानलाई अहिले दश लाख खोप उपलब्ध गराउने निर्णय भएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले कोभ्याक्समार्फत खोप उपलब्ध गराउन लागेको स्पष्ट पारे ।

उपलब्ध गराउन लागिएको खोप मध्ये आठ लाख ४० हजार खोप जोनसन एण्ड जोनसन खोप रहेको पनि उनले जानकारी दिए । विदेशमन्त्री एन्टोनीले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अमेरिकाको सहयोगले अफगानिस्तानका जनतालाई ठुलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।

अमेरिकाले अफगानिस्तानलाई ३० करोड ८० लाख अमेरिकी डलर बराबरको विभिन्न सहयोग गर्ने घोषणा यसअघि नै गरेको थियो । अफगानिस्तानमा तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि रुष्ट भएको अमेरिकाले अन्य सहयोग बन्द गरेपनि कोरोना महामारीबाट बचाउन आवश्यक पर्ने केही सहयोग भने गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७