काठमाडौं उपत्यकामा मात्रै थपिए ६ हजार २६३ कोरोना संक्रमित


५ माघ २०७८, बुधबार
covid 19 test scaled

काठमाडौं, ५ माघ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६ हजार २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उपत्यकामा बुधबार २४ घण्टामा ६ हजार बढीमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा चार हजार ६६६, ललितपुरमा १ हजार १९ र भक्तपुरमा पाँच सय ७८ गरेर २४ घण्टामा उपत्यकामा ६ हजार २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभर पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकको संक्रमण दर ५२.६ प्रतिशत पुगेको छ ।

कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जनाए । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ ।

६१३ जना निको भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७