कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण


५ माघ २०७८, बुधबार
Bishwo prakash sharma


काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। आज मेडिसिटी अस्पतालमा पिसीआर परीक्षण गर्दा शर्मालाई पोजेटिभ देखिएको हो।

उनलाई यसअघि पनि कोरोना संक्रमण भएको थियो। महामन्त्री शर्माले आठ महिनापछि आफूसहित परिवारका सदस्यलाई फेरि कोरोना संक्रमण भएको बताएका छन्।

उनले आइसोलेसनमा बसेको बताएका छन् भने एक सातापछि पार्टीका काममा फर्कने उल्लेख गरेका छन्।

शर्माले सार्वजनिक कार्यक्रममा सतर्कता नराख्दा कोरोना संक्रमण भएको बताउँदै आत्मालोचनासमेत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७