अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण


५ माघ २०७८, बुधबार
Shweta Khadka

काठमाडौं, ५ माघ। अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना पोजेटिभ देखिएको श्वेताले बताएकी हुन् ।

विश्वभर कोरोना भाइरस संक्रमणको तेस्रो लहरले लाखौं मानिसलाई संक्रमित बनाइरहेको बेला आफूलाई पनि कोरोना संक्रमण भएको जानकारी दिँदै चाँडै नै काममा फर्किने भन्दै सबैलाई स्वस्थ रहन आग्रह समेत गरेकी छन् ।

श्वेता चलचित्रसँगै व्यापार व्यवसायमा पनि सक्रिय छिन् । उनले आफूलाई कोरोना पोजिटिभ देखिएपनि लक्षण खासै नदेखिएको उल्लेख गरेकी छन् ।

कोरोना संक्रमण तीव्र रुपमा बढेपछि सरकारले सिनेमा हलहरु माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरिसकेको छ । चलचित्र हल बन्द भएपनि छायांकनको गतिविधि भने नरोकिने चलचित्र विकास बोर्डले जनाइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७