घट्यो कोरोना परीक्षणको शुल्क

अब सरकारीमा ८००, निजीमा १५०० रुपैयाँ


५ माघ २०७८, बुधबार
korona 7 scaled

काठमाडौं, ५ माघ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । यसअघि सरकारीमा एक हजार र निजीमा दुई हजार परीक्षण शुल्क तोकिएको थियो।

बुधबार मन्त्रालयको प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले परीक्षण किटको मूल्य घटेकाले शुल्क घटाइएको बताएको हो।

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो शुल्क एक हजार थियो ।

यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो ।

त्यस्तै, सरकारी ल्याबमा कोरोना सङ्क्रमणको लक्षण भएकालाई निःशुल्क परीक्षण गरिराखिएको समेत प्रवक्ता अधिकारीले बताए।

कोरोना सङ्क्रमण दिनमै २० हजार नाघ्ने प्रक्षेपण
मंगलबार एकैदिन १० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिए पनि सङ्क्रमण उत्कर्षमा पुग्न केही समय लाग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार, दैनिक रूपमा सङ्क्रमितको सङ्ख्या २० हजारभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ। 

एकैदिन १० हजार २५८ जनामा कोरोना सङ्क्रमण
२२ हजार ८२८ जनाको स्वाब परीक्षण गर्दा १० हजार २५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७