११ वर्षपछि खुल्यो इजरायल रोजगारी, पहिलो चरणमा ९९ नेपाली प्रस्थान


६ माघ २०७८, बिहीबार
Kisan Shrestha

काठमाडौं ११ वर्षपछि खुल्यो इजरायलमा नेपाली श्रमिकका लागि रोजगारी खुलेको छ । बुधबार दीर्घकालीन सहायक श्रमिक (केयर गिभर) का लागि छनोट भइ पहिलो चरणमा ९९ जना नेपाली श्रमिकहरु इजरायल प्रस्थान गरेका छन् ।

केयरगिभरका लागि मासिक तलब ५३ सय सेकेल (झन्डै दुई लाख रुपैयाँ) निर्धारण गरिएको छ । यसमा बस्न र खानाको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्छ ।

सरकार-सरकार (जिटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका श्रमिकको विदाइ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गरे । निजी क्षेत्र तथा बिचौलीयारहित सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेकाश्रमिकको बिदाइका लागि मन्त्री श्रेष्ठ सहित मन्त्रालयका उच्च कर्मचारी तथा नेपालका लागि इजरायलका राजदुत हनान गोदर विमानस्थल पुगेका थिए ।

६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेकाहुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थानगरेका हुन् । यसपछि माघ १५ र १६ गतेका दिन दुई उडान हुनेछ ।

वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्सिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो ।छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।

पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको इज्यत रहने गरी अनुशासित भएर काम गर्न आग्रह गरे। उनले विगतमा पनि नेपालीहरू इजरायल रोजगारीमा पठाउन पटक–पटक प्रयास भएपनि आफ्नो कार्यकालमा सफलता प्राप्ता भएको बताए। मन्त्री श्रेष्ठले इजरायल नेपालीहरूका लागि आकर्षक गन्तव्य मुलुक बन्ने विश्वास व्यक्त गरे ।

इजरायलले कृषि र केयरगिभर क्षेत्रमा मात्रै नेपाली श्रमिक लैजाने गरेकामा अब निर्माण क्षेत्रमा पनि लाने जनाएको छ । नेपालस्थित इजरायल दूतावासका अनुसार निर्माण क्षेत्रमा नेपाली श्रमिक पठाउनका लागि श्रम सम्झौताको तयारी गर्न दुई देशबीच संयुक्त कार्यदल बनाउने निर्णय बुधबार भएको छ । परराष्ट्रमन्त्री नारायण खड्का र नेपालका लागि इजरायली राजदूत हनान गोल्डेर गोल्डवेरजेरवीच कार्यदल बनाउने निर्णय भएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७