टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा


६ माघ २०७८, बिहीबार
Nepali Cricket Team

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप छनोटका लागि १६ खेलाडीको नाम सार्वजनिक गरेको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

ओमानमा आगामी फेब्रुअरी १५ देखि आयोजना हुने प्रतियोगिताका लागि क्यानले १६ जनाको अन्तिम सूची सार्वजनिक गरेको हो ।

यस पटक विवेक यादव र लोकेश बम पहिलो पल्ट राष्ट्रिय टोलीमा समावेश गरिएको छ । तर सोमपाल कामी, विनोद भण्डारी, रोहित पौडेल, सुशन भारी र विक्रम सोब भने टिममा अटाएनन् ।

नेपालले विश्वकप छनोटको समूह चरणमा ओमान, क्यानडा र बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । यस पटक नेपालले नयाँ कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रतिस्पर्धा गर्नेछ ।

यी हुन् छनोटमा परेका १६ खेलाडी

  • सन्दीप लामिछाने -कप्तान
  • कुशल भुर्तेल
  • आसिफ शेख
  • दीपेन्द्रसिंह ऐरी
  • ज्ञानेन्द्र मल्ल
  • शरद भेषावकर
  • आरिफ शेख
  • करण केसी
  • जितेन्द्र मुखिया
  • अविनाश बोहरा
  • शहाब आलम
  • कुशल मल्ल
  • कमलसिंह ऐरी
  • विवेक यादव
  • प्रदीप ऐरी
  • लोकेश बम

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७