त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित


६ माघ २०७८, बिहीबार
tu

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले अहिले संचालन भइरहेका र हुने सबै तहमा परीक्षाहरू स्थगित गरेको छ । कोरोना संक्रमणको बढ्दो जोखिमको कारण विश्वविद्यालय परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिवि केन्द्र र अन्तर्गतका क्याम्पसहरुमा परीक्षार्थी, कर्मचारी र प्राध्यापकहरूमा समेत कोरोना संक्रमण देखिएका कारण सबै परीक्षा कार्यक्रम रोक्नुपरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

त्रिविले सूचना निकाले माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको जनाएको छ ।

‘त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बिहीबारको बैठकबाट हाल त्रिविद्वारा सञ्चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु यही माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छु,’ त्रिविले निकालेको सूचनामा भनिएको छ।

TU

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७