यी १२ युवायुवती जसले अनलाइनमार्फत १० लाख डलर भन्दा बढीको जुवा खेलाए


६ माघ २०७८, बिहीबार
Nepali young star

काठमाडौं : फेसबुकबाट अमेरिकी र युरोपेली नागरिकलाई साथी बनाई अनलाइन जुवा खेलाउने १२ जनालाई पक्राउ गरेको छ ।

कीर्तिपुर नगरपालिकाको विभिन्न स्थानमा सम्पत्ति नै हारजित हुने गरी अनलाइन जुवा खेलाउँदै गरेको गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशखा बाट खटिएको बिशेष प्रहरी टोलीले जिल्ला काठमाडौं कीर्तिपुर बागभैरब स्थित बिभिन्न घरहरु खानतलासी गर्दा अनलाईन जुवा खेलाई रहेको अवस्थामा उक्त जुवा खेलाउन प्रयोग हुने ल्यापटप,मोबाईल लगायतका बिधुतीय उपकरणहरु सहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार जुवा खेलाउने ब्यक्तिहरुलाई सोधपुछ गर्दा करिब १० महिना अगाडी देखी महिनाको करिब १ लाख अमेरिकी डलर भन्दा बढी रकम हारजित हुने गरी अनलाईन जुवा खेलाएको स्वीकार गरेका छन् । उनीहरुले १० महिनामा १० लाख डलरभन्दा बढीको जुवा खेलाएका हुन् ।

उनीहरुले अमेरिकी तथा युरोपियन नागरिकलाई साथी बनाएर जुवा, फायर किलिङ, रिभर स्विप्स, रिभर मन्स्टर, भेगास-एक्स लगायत अनलाइन जुवा खेल्न उनीहरूलाई लिंक पठाउँथे।

Online

 पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका ६ चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, वडा नम्बर ६ बस्ने १७ वर्षीय मनिष थापा, १७ वर्षीय समिर थापा, २७ वर्षीय कविता थापा, ३० वर्षीय रविन खड्का, कीर्तिपुर वडा नम्बर १० बस्ने ४५ वर्षीय बुद्ध महर्जन, १९ वर्षीया हनिशा महर्जन, वडा नम्बर ८ बस्ने २० वर्षीया रोजा महर्जन र १९ वर्षीय साहिल महर्जन, वडा नम्बर ९ बस्ने ३५ वर्षीय प्रदीपमान सिंह बस्नेत, वडा नम्बर ५ बस्ने १९ वर्षीय विनोद ठगुन्ना र १७ वर्षीय रमादेवी श्रेष्ठ रहेका छन् । 

पक्राउ परेका मध्ये सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध महर्जनले अनलाइन जुवा खेलाउन सम्पूर्ण तयारी मिलाई ३ वटा घरमा २४ सै घण्टा सिफ्टवाइज कर्मचारीसमेत राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७