राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा एमाले-लोसपाबीच गठबन्धन


६ माघ २०७८, बिहीबार
CUN UML and Losapa

जनकपुरधाम : आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको छ ।

बिहीबार नेकपा एमाले र लोसपाले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन गरिएको जानकारी दिएको हो।

राष्ट्रिय सभामा तत्कालीन प्रदेश २ बाट निर्वाचित एमालेका सुमन प्याकुरेल र माओवादी केन्द्रका शशिकला दाहालको कार्यकाल अघिल्लो महिना खाली हुँदैछ । यी दुई पदका लागि एमाले र लोसपाबीच चुनावी तालमेल भएको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट प्रदेश अध्यक्ष जितेन्द्र सोनल र नेकपा एमालेको तर्फबाट प्रदेश अध्यक्ष रामऔतार यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । लोसपासँगको गठबन्धनपछि एमालेकी विनादेवीले उम्मेदवारी फिर्ता लिएकी छन् ।

 घोषणा सभामा नेकपा एमाले केन्द्रीय कमिटीका सचिव रघुवीर महासेठ, एमाले मधेस प्रदेशका सह-इन्चार्ज लीलानाथ श्रेष्ठ, पोलिटब्युरो सदस्य जूलीकुमारी महतो, लोसपा मधेस प्रदेशको संसदीय दलकी उपनेत्री रानी शर्मा तिवारी, प्रमुख सचेतक परमेश्वर साहलगायतको उपस्थिति थियो ।

मधेस प्रदेशमा स्थानीय तहबाट २६८ मतदाता छन् भने प्रदेशसभा तर्फबाट १०४ जना छन् । यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा कांग्रेसको २ हजार २६२ मतभार, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत छ । फोरम लोकतान्त्रिक कांग्रेसमा आइसकेकाले कांग्रेससँग अब २ हजार ३७० मतभार रहेको छ ।

स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ मतभार रहेको छ ।

press release of UML

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७