टेलिकमले दुर्गममा पनि ‘४जी एलटीई’ नमस्ते वाइफाइ विस्तार गर्ने


६ माघ २०७८, बिहीबार
Agreement Photo wEPJZqKW06

काठमाडौं, ६ माघ । एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले ‘४जी एलटीई’ नमस्ते वाइफाइ विस्तार गर्ने भएको छ।

कम्पनीले ‘४जी एलटीई’ नमस्ते वाइफाइ सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको जनाएको छ। कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकलाई सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रा।लि।बीच सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रा.लि. का सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन्।


‘४जी एलटीई’ नमस्ते वाइफाइमार्फत नेपाल टेलिकमले हाल ‘इन्डिभिजुअल प्याकेज’ र ‘गभर्मेन्ट इन्स्टिच्युसन प्याकेज’ गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ ।

‘इन्डिभिजुअल प्याकेज’ अन्तर्गत होम ब्रोडव्यान्ड वेसिक रु. ८०० मा ६० जीवी ३० दिनका लागि उपलब्ध छ। त्यसैगरी १ वर्षका लागि रु. ९ हजारमा ७२० जीवी प्याक उपलब्ध छ। यसलाई प्रतिमहिना ६० जीवीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ। यी दुवैमा एड अन प्याकको रुपमा रु. ४०० मा १५ दिनका लागि ६० जीवी प्याक लिन सकिन्छ।

होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत रु. १ हजार २०० मा १२० जीवी प्याक ३० दिनको लागि उपलब्ध हुन्छ। त्यसैगरी १ वर्षका लागि रु. १३ हजार ५०० मा १ हजार ४४० जीवी प्याक उपलब्ध हुन्छ। यसलाई प्रतिमहिना १२० जीवीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ।

यी दुवैमा एड अन प्याकको रुपमा रु. ६०० मा १५ दिनका लागि १२० जीवी प्याक लिन सकिन्छ।

‘गभर्मेन्ट इन्स्टिच्युसन प्याकेज’ मा रु. ३ हजार ६५० र रु. २ हजार १०० मा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध छन्। यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ। वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७