सांग्रिला डेभलपमेन्ट बैंकको नाफा झण्डै ५९ प्रतिशतले बढ्यो


६ माघ २०७८, बिहीबार
sangrila dev bank DleTxBVDDY 1

काठमाडौं, ६ माघ । सांग्रिला डेभलपमेन्ट बैंकको नाफा झण्डै ५९ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्ष २०७८र७९ को दोस्रो त्रैमाससम्ममा २६ करोड १८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यस्तो नाफा बैंकले अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ४८ लाख ५ हजार रुपैयाँ कमाएको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्ष ५८.८७ ले बढी हो ।

बैंकले अघिल्लो महिना अर्थात् पुस मसान्तसम्म २६ करोड १८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, बैंकले समीक्षा अवधिमा खुद ब्याज आम्दानी ४६.८१ प्रतिशतले वृद्धि गर्दै ७९ करोड ५८ लाख ८३ हजार रुपैयाँ कमाएको छ भने सञ्चालन नाफा ६८.१६ प्रतिशतले वृद्धि गर्दै ३७ करोड ४१ लाख २८ हजार रुपैयाँ कमाएको छ ।

बैंकको नाफामा बढ्दै गर्दा यता प्रतिसेयर आम्दानी पनि बढेको छ । सांग्रिलाको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा छ । बैंकको चुक्ता बढेर पुँजी ३ अर्ब नाघेको छ । पुस मसान्तसम्म आइपुग्दा बैंकको निक्षेप संकलन र कर्जा लगानी दुवै बढेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७