प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने


७ माघ २०७८, शुक्रबार
PM Sher bahadur Deuba
प्रधानमन्त्री शेरबहादुर देउवाले अाइतबार सिंहदरबार प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकाे अवसरमा महिला ,बालबालिक तथा ज्येष्ठ नागरिक मन्त्रालयले अाेजित कार्यक्रम मा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । दिउँसो ३ बजे उनले राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन् । सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री बनेपछि देउवाले छ महिनाको अवधिमा पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।गएको २९ असारमा देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री देउवाले कोरोना महामारी र समसामयिक राजनीतिक विषयहरूलाई लिएर सम्बोधन गर्न लागेका हुन् ।

र्वोच्च अदालतको परमादेशको बलमा उनी प्रधानमन्त्री चयन भएका हुन् । उनी प्रधानमन्त्री चयन भएको पुस २९ गते ६ महिना पूरा भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७