प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजे बोलाएका हुन् ।
प्रमुख प्रतिपक्ष दल एमालेले भने यसअघिको सर्वदलीय बैठक बहिस्कार गरेको थियो ।
स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफलअघि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आज बसेको समन्वय समितिको बैठकले स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने निर्णय गरेको छ ।