नबिल बैंकले ६ महिनामा २ अर्ब १८ करोड नाफा कमायो


७ माघ २०७८, शुक्रबार
Nabil Bank 1 3qkEVzCpHR 1

काठमाडौं, ७ माघ । नबिल बैंकले चालू आर्थिक वर्षको ६ महिनामा २ अर्ब १८ करोड १४ लाख रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा बैंकले यश वर्ष १७ करोड रूपैयाँ बढी नाफा कमाएको हो ।
तर, खुद नाफा बढ्दै गर्दा यता बैंकको वितरणयोग्य नाफामा भने गिरावट आएको छ ।

बैंकले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड रूपैयाँमा संकुचित भएको छ । जुन अघिल्लो वर्षको भन्दा ३९ करोड रुपैयाँले कमी हो ।
यस्तै समीक्षा अवधिमा बैंकको ईपीएस पनि घटेको छ । गत पुस मसान्तसम्म २९.९९ रूपैयाँ रहेको प्रतिसेयर आम्दानी २३.५९ कायम भएको छ ।

यस्तै पीई रेसियो ४७.०६ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८४.२८ रूपैयाँ छ । बैंकले खुद ब्याज आम्दानी बढाएर ४ अर्ब २१ करोड पुर्‍याएको छ । बैंकको कस्ट अफ फन्ड, खराब कर्जा र बेस रेट बढेका छन् भने ब्याजदर स्प्रेड ३.४४ प्रतिशतमा खुम्चिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७